
पुस ११ बिहीवार,२०८१/खलंगा-
प्रेस सेन्टर नेपाल रुकुम पश्चिमको अध्यक्षमा मनिष खड्का निर्वाचित भएका छन ।
जिल्ला सदरमुकाम खलंगामा बिहीवार भएको सङ्गठनको छैटौँ अधिवेशनले खड्काको अध्यक्षतामा सर्वसम्मत ढंगले ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ ।
जसको उपाध्यक्ष खुला तर्फ दीपेन्द्र महतारा, महिलामा गङ्गा बिसी, सचिवमा सत्य बटाला, सहसचिव खुला तर्फ बलेन्द्र ओली, समावेशी तर्फ ज्ञानी खड्का र कोषाध्यक्षमा सुनिल थापा मगर निर्वाचित भएका छन ।
यसैगरी सदस्यमा प्रेम कुशारी, बलबहादुर खत्री, इतिहास परियार र हिमाली बुढा चयन भएका छन ।
सङ्गठनका जिल्ला समन्वय समिति अध्यक्ष देवकुमार ओलीको अध्यक्षतामा सो अधिवेशन भएको हो ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज वसन्त कुमार शर्मा प्रमुख अतिथि थिए भने पार्टीकै केन्द्रीय सदस्य तथा जिल्ला सङ्गठन विभाग प्रमुख गोपाल शर्मा ‘अनल’, पार्टीका कर्णाली प्रदेश अध्यक्ष विमला केसी, जिल्ला संयोजक गोविन्द रोका, सङ्गठनका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज एवं पार्टीका प्रचार विभाग प्रमुख मेगराज खड्का, सङ्गठनका कर्णाली प्रदेश कोषाध्यक्ष तथा नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष गोपाल रेग्मीको आतिथ्यता रहेको थियो ।