टेक्ससमा मृत्यु हुनेहरुको संख्या ८१ पुग्यो, ४१ अझै बेपत्ता !

विश्व समाचार

असार २३ सोमबार,२०८२/टेक्सस-
अमेरिकाको मध्य टेक्ससमा अचानक आएको बाढीमा मृत्युु हुनेहरुको संख्या ८१ पुगेको छ ।

शुक्रबार आएको बाढीमा परी ८१ जनाको मृत्यु भएको छ भने ४१ जना हराई रहेका छन ।

सबैभन्दा खराब असर देखिएको केर काउन्टीमा ६८ जनाले ज्यान गुमाएका छन् भने त्यसमा बालबालिकाहरुको संख्या २८ जनाको रहेको छ । । ग्वाडआलूपे नदी किनारस्थित ‘क्रिश्चिअन युथ क्याम्प’का १० जना बालबालिका र क्याम्पका काउन्सिलर अझै हराइरहेका छ्न ।

बाढीले तहसनहस बनाएको ४ दिन बित्दा पनि अझै खोजीकार्य भने जारी रहेको अधिकारीहरुले जनाएका छन ।

ट्राभिस काउन्टी र टम ग्रिन काउन्टीसहित राज्यका अन्य स्थानमा पनि मानिसहरूको मृत्यु भएको पुष्टि भएको छ ।

यसैबीच मृत्यु हुनेहरुको संख्या अझै पनि बढन सक्ने देखिन्छ ।

अबको २४-४८ घन्टामा मौसम फ़ेरि प्रतिकुल हुने अनुमान गरिएको छ भने उद्धार कार्यमा यसले असर पर्ने बताइएको छ ।

यद्यपि टेक्ससका गभर्नर ग्रेग एबोटले सबै हराएका ब्यक्तिहरु पत्ता न लाग्दा सम्म खोजी कार्य न रोकिने बताएका छन ।