असार २५, २०८२/गुजरात-
भारतको गुजरात राज्यमा पक्की पुल एउटा भाग भत्किएर नदीमा खस्दा कम्तीमा ९ जनाको मृत्यु भएको छ ।
बुधबार पश्चिम गुजरातस्थित आनंद र वडोदरा जोड्ने ४३ वर्ष पुरानो महिसागर नदीको पुल भत्किए पछि उक्त दुर्घटना भएको हो ।
पुल भत्किदा ४ वटा गाडी नदीमा खसेका थिए भने ६ जना घाइते भएका थिए । गुजरातका मुख्य मन्त्री भुपेन्द्र पटेलले घटना बारे छानबिन गर्न निर्देशन दिएका छन ।
भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाका विषयमा दुख व्यक्त गर्दै प्रत्येक पीडित परिवारलाई दुई लाख दिने जनाएका छन ।
केही दिन यता त्यस क्षेत्रमा अविरल बर्षा पनि भएको थियो ।
सन २०२२ मा गुजरात राज्यमै एउटा झोलुङ्गे पुल भत्किदा १३२ जना मानिसले ज्यान गुमाएका थिए ।
