आलमको पक्षमा भएको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन हुने !

राजनीति समाचार

श्रावण २ शुक्रबार,२०८२/काठमाडौं-
नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावलोकन गर्ने निर्णय गरेको छ ।

महान्यायाधिवक्ताको कार्यालयले चौतर्फी बिरोध पछि उच्च अदालत वीरगन्जमा न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले आलमका पक्षमा गरेको फैसला विरुद्ध पुनरावेदन गर्ने निर्णय गरेको हो ।

रौतहटका ६३ वर्षका मोहम्मद अफताब आलमले इँटा भट्टामा मानिसहरूलाई जिउँदै जलाएर मारेको मुद्दामा सफाई पाएका थिए ।

यसअघि आलमको पक्षमा फैसला गर्ने वीरगन्ज उच्च अदालतका न्यायाधीश थारु र महर्जनलाई न्यायपरिषदले सर्वोच्चमा तानेर छानबिन गरिरहेको छ ।