नेपाल पर्वतारोहण संघको निर्वाचनमा सत्ता गठबन्धनलाई हराउदै फुर गेल्जे शेर्पाको टिम बिजयी !

पर्यटन राजनीति समाचार


भाद्र ८ आइतबार,२०८२/काठमाडौं-
नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार कुलबहादुर गुरुङलाई पराजित गर्दै फुर गेल्जे शेर्पा विजयी भएका छन् ।

शनिबार सम्पन्न एनएमएको निर्वाचनबाट लामो समय देखि पर्यटन व्यवसायमा आबद्ध फुर गेल्जे शेर्पाको टिम बिजयी भएको हो । यसैसित माओवादी केन्द्र निकट पर्यटन व्यवसायीहरु तथा स्वतन्त्र व्यवसायीहरुको एनएमएमा वर्चस्व रहने भएको छ र मैदानमा सत्ता गठबन्धनको बिद्रोही समूह पनि शेर्पा समुहमा सामेल भएको थियो ।

सो क्रममा प्रथम उपाध्यक्ष र एक सदस्य भने सत्ता गठबन्धन समुहबाट छिर्न सफल भएका छन ।

शेर्पाले ३४२ मत हासिल गर्दै विजयी भएका छन भने प्रतिस्पर्धी गुरुङले २८८ मत प्राप्त गरेका छन् ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेलले ३४५ मतसहित विजयी भएका छन भने प्रतिस्पर्धी टिका गुरुङले २५८ मत पाएका छन ।

प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पाले ३५९ मत र प्रतिस्पर्धी काजी शेर्पाले २५६ मत प्राप्त गरेका छन ।

त्यस्तै द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ३६८ मतसहित विजयी भए छन । उनका प्रतिस्पर्धी धनबहादुर गुरुङले २३८ मत प्राप्त गरेका छन ।

महासचिव पदमा राजेन्द्र बहादुर लामा विजयी भए छन । उनले ३१८ मत हासिल गर्दा उनका दुई प्रतिस्पर्धी विमल नहर्कीले २०९ मत र शिव सापकोटाले ६८ मत पाए ।

सचिव पदमा चन्दन थापा ३५८ मतसहित विजयी हुँदा अर्का प्रत्यासी ङिमा दिकी शेर्पाले २४४ मत पाइन् ।

कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले बराबर ३०४ मत पाए । उनीहरुले आधा आधा कार्यकाल गोलाप्रथाबाट गर्ने निर्णय भएको छ ।

साथै सदस्यहरुमा माधवकुमार धमला (२७८), केदार न्यौपाने (३०२), थुप्देन शेर्पा (३२६), गोकुल थापा (२८८), मुलाल गुरुङ (३५१), देण्डी शेर्पा (३११), विक्रम कार्की (३०६), रिञ्जे शेर्पा (३०१), देवेन्द्र डंगोल (२९५), दिकी शेर्पा (२८८) र निशा भोटे (३०७) मत पाएका छन् ।