जेठ १२ मंगलबार,२०८३/काठमाडौं-
नेपाली कांग्रेसकी सांसद गीतकुमारी सेन्दाङलाई मर्यादापालकहरुले प्रतिनिधिसभाको हलबाट बाहिर निकालेका छन ।
मंगलबार कांग्रेस सांसद सेन्दाङलाई प्रतिनिधिसभा बैठकको फोटो खिचेको भन्दै मर्यादापालहरूले सभामुख डोल प्रसाद अर्यालको अनुमतिबिना नै बाहिर निकालेका हुन् ।
कांग्रेस सचेतक निश्कल राईले सो घटना पछि नियमापत्ति प्रस्तुत गरेका थिए ।
तस्बिर खिचेको निहुँमा सभामुखको आदेशबिना मर्यादापालकले सचेत नै न गराई त्यसरी बाहिर निकाल्न न हुने भन्दै राईले विरोध जनाएका थिए ।
सभामुखको आदेशबिना नै हाम्रो पार्टीको सांसदलाई तीन जना मर्यादापालकले घेरेर बाहिर निकालेका छन । नियमावलीमा फोटो खिच्न र भिडियो खिच्न पाइँदैन भन्ने व्यवस्थाबारे जानकारी छ। तर सभामुखको आदेशबिना गरिएको गतिविधि यो सदनमा सह्य हुँदैन ।कानेखुसी गरेर सदन चल्दैन,’ उनले आक्रोश व्यक्त गरेका थिए ।
सभामुखले भने तस्बिर खिचेको न खिचेको विषयमा बुझ्नलाई त्यसो गरिएको र बाहिर निकाल्न न गरिएको बताएका छन ।
प्रतिक्रिया दिनुहोस्