असार १९ बुधबार,२०८१/काठमाडौं-
एमाले तर्फबाट सरकारमा गएका मन्त्रीहरूले राजीनामा दिएका छन ।
बुधबार साँझ बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा पत्र बुझाएका थिए । उनीहरूको अनुहार भने मलीन थियो र अहिले सम्मको सहकार्यका लागि प्रधानमन्त्रीलाई धन्यवाद समेत दिए ।
कांग्रेस एमाले सत्ता गठबन्धनका लागि जुटेपछि प्रचण्डको नेतृत्वको सरकार संकटमा परेको हो । राजीनामा भने भोलि स्वीकृत हुने बताइएको छ ।
