असार ३० आइतबार,२०८१/काठमाडौं-
नेकपा एमाले अध्यक्ष केपी ओली नयाँ प्रधानमन्त्री बनेका छन ।
नेपाली कांग्रेस लगायतका दलहरुको नयाँ गठबन्धन तथा समर्थनमा ओली संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका हुन ।
सत्ताको मुख्य घटक नेपाली काङ्ग्रेसले सरकारको नेतृत्व गरेको माओवादी केन्द्रबाट समर्थन फिर्ता लिएर गत असार १७ गते एमालेसँग सहमति गरेपछि सरकार ढलेको हो ।
चौथो पटक प्रधानमन्त्री नियुक्त भएका ओली लगायत मन्त्रीहरूले सोमबार बिहान ११ बजे सपथ लिने तालिका तय भएको छ ।
हाल प्रतिनिधि सभामा कांग्रेसका ८८ र एमालेका ७८ जना सांसद छन् ।
नयाँ मन्त्रीहरुको नामावली सहमति हुनु अघिनै टुंगो लागेपनि अन्तिम तयारीका लागि भोलि बिहान सम्म कसरत चल्ने बताइएको छ ।
गृहमन्त्रीमा नेपाली काङ्ग्रेसका नेता रमेश लेखकको नाम चर्चामा छ ।
सदनमा कुनै पनि दलको स्पष्ट बहुमत न भएकोले समीकरणको खेलका कारणले सरकारमा स्थायित्व हुन सकेको छैन ।
