अन्दोलनरत शिक्षक र प्रहरीबीचको झडपमा शिक्षकहरु घाइते !

अन्य राजनीति समाचार

बैशाख १४ आइतबार,२०८२/काठमाडौं-
आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप हुँदा एक दर्जन भन्दा बढी शिक्षकहरु घाइते भएका छन ।

शिक्षकहरूले आइतबार निषेधित क्षेत्रको घेरा तोड्न खोजे पछि प्रहरीले पानीको फोहोरा हान्दै अन्धाधुन्ध लाठीचार्ज गर्दा भएको झडपमा एक दर्जन भन्दा बढी शिक्षकहरु घाइते भएका छन ।

यस्तो अवस्थामा घुसपैठ हुने खतरा बढी रहेकोप्रति नेपाल शिक्षक महासंघ सजक रहेको र सरकारले नै सबै क्षतिको जिम्मा लिनु पर्ने संगठनका बरिस्ठ उपाध्यक्ष मान बहादुर पाण्डेले दवाकरलाई बताए ।

उनका अनुसार घाइते भएका मध्ये ४ जनालाई अलि गम्भीर चोट लागेको छ र उनीहरूको नजिकै सिविल अस्पतालमा उपचार हुँदै छ ।

पानीको फोहोरा आखामा लागेपछि पत्रकार सबिना कार्की पनि घाइते भएकी छिन ।

विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौंमा आन्दोलन गर्दै आएका छन् ।

उता प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले आन्दोलनको आज २६ औं दिन हुँदा पनि कुनै शिक्षकहरुको मागप्रति कुनै चासो देखाएको छैन ।

सदाझै माइतीघर हुँदै बानेश्वरतर्फ शिक्षकहरू अघि बढेका थिए भने एभरेस्ट होटेल नजिकै पुगेको बेला शान्तिपुर्ण आन्दोलन तनावमा परिनत भएको थियो ।

आक्रोशित शिक्षकहरुले प्रहरीमाथि ढुंगा हानेका थिए ।