बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पृथक चिकित्सा विश्वविद्यालय बनाउन माग, विभिन्न दलका प्रतिनिधिहरूले भेटे प्रचण्डलाई !

राजनीति समाचार स्वास्थ्य


असार १२ बिहीवार,२०८२/काठमाडौ-
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ समक्ष धरानका प्रमुख राजनीतिक दलहरू-नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), र जनता समाजवादी पार्टीका प्रतिनिधिहरूले संयुक्तरूपमा ज्ञापनपत्र बुझाएका छन ।
बिहीवार उनीहरूले ज्ञापनपत्र मार्फत बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘छाता ऐन’ (umbrella act) बाट अलग गरी पृथक चिकित्सा विज्ञान विश्वविद्यालयको रूपमा विकास गर्न पहल गर्न माग गरेका हुन ।

ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले भने:
“मैले सरकारमा हुँदा धेरै विश्वविद्यालयहरू स्थापना गर्ने र अगाडि बढाउने काम गरेको छु। सुदुर पश्चिम मा गेटालाई यस्तै यस्तै अरू पनि । धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुरानो र नेपालको पूर्वी क्षेत्रको एक अत्यन्त महत्वपूर्ण संस्था हो। तर, यसलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न नसक्नु दुर्भाग्यपूर्ण विषय हो।”

माओवादी केन्द्र अध्यक्ष प्रचण्डले थप भने:
“पदाधिकारी नियुक्तिमा देखिएको अन्योल र कार्यक्षमता अभाव दुःखद पक्ष हुन् । अब यस संस्थामा संरचनागत तथा नीतिगत सुधार गर्दै अगाडि बढ्नुपर्छ।”

“तपाईंहरू समाधानको विकल्प लिएर आउनु भएको छ, यो सकारात्मक कुरा हो । तपाईंहरूको यस मागमा मेरो पूर्ण रूपमा साथ रहन्छ,” उनले प्रतिवद्धता व्यक्त गर्नुभयो।