असार १९ बुधबार,२०८२/काठमाडौं-
इँटाभट्टामा काम गर्दै ४ जीपीए ल्याउन सफल भएकी गोमा श्रेष्ठलाई भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङले एमबीबीएस पढाउने भएका छन ।
बुधबार भाटभटेनीस्थित आफ्नै कार्यालयमा बोलाएर अध्यक्ष गुरूङ र श्रीमती सावित्री गुरूङले एकलाख रुपैयाँ नगद, एउटा ल्यापटप र कदरपत्रसहित सम्मान गरेका थिए ।
साथै उनलाई अहिले सेन्ट जेभियर्स कलेज माइतीघरमा ११ र १२ कक्षासम्मको अध्ययनका लागि खर्च उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन । समाचारमा उनको कठिन संघर्षबारे थाहा पाएपछि गुरुङले सहयोग गर्ने निधो गरेका हुन ।
