पाकिस्तानमा बाढीका कारणले ३ सय भन्दा बढीको मृत्यु !

राजनीति विश्व समाचार


भाद्र १ आइतबार,२०८२/पेशावर-
पाकिस्तानमा अविरल बर्षाका कारणले आएको बाढीमा ३ सय भन्दा बढीले ज्यान गुमाएका छन ।

लगातारको २ दिन सम्मको भारी बर्षाका कारणले प्रभावित भएको देशको उत्तर पश्चिम भेगमा ३ सय भन्दा बढी मानिसले ज्यान गुमाएका छन भने कैयौं बेपत्ता छन । बढीको प्रकोप विकट पहाडी भुभागमा रहेको खैबर पखतुङ्गको उत्तरी क्षेत्रमा बढी रहेको छ ।

शनिबार सम्म करिब ३०७ जनाले ज्यान गुमाएको प्रान्तीय प्रकोप व्यवस्थापन अधिकारीले जनाएका छन ।

मानिसका शवहरु फेला पर्दै गएकोले यो संख्या अझै बढने बताइएको छ ।

पाकिस्तानको राजधानी इस्लामाबादको पुर्वमा रहेको बुनेर जिल्ला सब भन्दा प्रभावित भएको देखिन्छ जहाँ ज्यान गुमाउनेहरुको संख्या १८४ पुगेको छ । स्थानीयहरुका अनुसार त्यहाँ शुक्रबार बिहानै एउटा बादल खसेको थियो जसका कारण गाउँ सम्म बाढीको अवस्था सृजना भएको थियो ।