सरकारसँग एकमुष्ट भुकम्प पीडितको घर बनाउने रकम माग गर्दछौं : नलगाड नगरपालिका प्रमुख , डम्बर बहादुर रावत-जाजरकोट

अन्तर्वार्ता अर्थ राजनीति विश्व समाचार

मङ्सिर १० सोमबार,२०८१/नलगाड-
(नलगाड नगरपालिका प्रमुख डम्बर बहादुर रावतसँग रचना राना मगरले ‘६ प्रश्नका’का लागि गरेको कुराकानी)
१.यहाँको कर्यकालमा के के उल्लेखनीय कार्य भएका छन् ?
-मेरो कार्यकालमा भएका कार्यमा शिक्षा र स्वास्थ्य तर्फ हेर्ने हो भने सुरक्षित मातृ शिशु सुरक्षाको लागि सब भन्दा पहिले ६ वटा बर्थिङ सेन्टर स्थापना गरेका छौँ । सुविधा सम्पन्न भवनमा प्रबिधि सहितको व्यवस्था छ । स्वास्थ्य क्षेत्रमा सञ्चारको क्षेत्रमा भन्नू पर्दा हाम्रो कार्यलयको सेरोफेरोमा कार्यलय रहेकै स्थान बाट नेट्वोर्कले काम गर्दैन थियो हामीले कार्यलयको भवनको छतमा टावर राखेर यहाँका नियमित संञ्चार क्षेत्रका काम गर्न सकिने बनाएका छौँ । यसैगरी १० र ११ वडाको बिचमा पर्ने ठुलो भू-भागमा फोन सेवाको सुबिधा थिएन त्यहाँ पनि एउटा टावर निर्माण गरिएको छ ।
त्यस्तै भूकुम्पको बेला पनि यहाँ हामीले घाइतेहरुका लागि ८ ९ घन्टा भित्रै हेलिकप्टरबाट उद्धार गरेर भेरी अञ्चल अस्पताल पुर्याउन सफल भएका थियौँ । त्यस्तै अरु कामहरु पनि छिटोछरितो तरिकाले भएका छन् । भुकुम्पको बेला ३ दिन भित्रमा राहत वितरणका कामहरु गरेका थियौं । यसरी हेर्ने हो भने हामीले शिक्षा क्षेत्र पनि त्यहाँको अनियमितता अध्ययन अध्यापनका कुराहरुलाई पनि नियमित अध्यन अध्यापन गराउनको लागि व्यवस्था गरेका छौँ ।
त्यस्तै सडकको हकमा पनि करिब करिब भेरी करिडर १ देखि १२ वडा सम्म त्यसको स्तर उन्नति हुँदै छ । कृषि क्षेत्रमा पनि त्यस्तै काम भएका छन ।

२.पर्यटनमा के कस्तो सम्भावना छ र त्यसका लागि के आधार तयार पार्नु भएको छ ?
-पर्यटनको क्षेत्रमा पनि सम्भावित धेरै राम्रो ठाँउ रहेको छ । हामिले धार्मिक क्षेत्रमा हेर्नू पर्दा तल्लुकोट मन्दिरको लागि त्यहाँको डिपिआर गरेर त्यहाँको कामलाई योजना माग गरेका छ भने त्यस्तै खगेनकाेटको भगवतीमाई मन्दिर खाँनटाकुरा जस्तो रमणीय उच्च ठाँउ जहाँबाट बारेकोट गाउँपालिका पुरै क्षेत्र देखिने र हाम्रो नलगाड पुरै भूभाग देखिने र आठबिसकोट नगरपालिका एउटै ठाउँ बाट हेर्न सकिने केहीभूभागमा हामिले सहिद स्मृति भवनको निर्माण पनि गर्दैछौं । त्यस्तै ती ठाँउहरुको लागि हाेमस्टे तालिम पनि गराएर सामान्य काम सुरुवात गर्न तिर लागिरहेका छौ भने यहाँको तातोपानीलाई पनि प्रचार गरेर अहिले चाहिँ वडा नम्बर ८ कायोखेतको तातोपानीलाई पनि बजेटको लागि माग गरेका हौँ । र विनियोजन पनि भएको छ संघिय सरकारको पर्यटन मन्त्रालयबाट ।

३.उन्नत कृषिकालागि किसानलाई कस्तो सहयोग मिलेको छ ?
-हामीले बेमौसमी तरकारी खेती गर्न देखि लिएर पशुपालनका लागि प्रोत्साहन गरेका छौँ । भुकुम्पले धेरै क्षति बनाएको थियोे अहिले हामीले हेर्न सक्छौ १ देखि १२ वडा सम्म उच्च प्रबिधि जडान गरिएका मध्यम खाले सम्म पोलि हाउस पक्की र कच्ची दुबै खाले २ वटै लाई निर्माण काम निरन्तर अगाडि बढाई रहेदेखी । र माहुरी घार पनि हजार संख्यामा पञ्चासे बहुउद्देश्यीय सहकारी मार्फत माहुरी पालनको लागि मात्रै ४१ लाखको काम हामीले अगाडि बढाई राखेका छौ । र माहुरी गोला घार भएका पनि हामिले सुरुवात नै ५०० को हाराहारिमा वितरण गर्दैछौं । त्यस्तै किसानलाई उन्नत जातका बाख्राहरु उपलब्ध गराउदै आएका छौ ।

४.यहाँकै जिल्ला केन्द्र बिन्दु बनाएर गएको भुकम्प पछिको अवस्था कस्तो छ ?
-भुकम्प पछि अहिले सम्म पीडितले राज्यले दिने भनेको रकम उपलब्ध गराएको छैन । टहरा बनाउने रकम पनि आधा मात्रै पाएका छन । हामीले सरकारसँग एकमुष्ट घर बनाउने रकमको माग गर्दछौं ।

५.आगामी योजना के छन त ?
-आगामी योजनाको सन्दर्भमा हामी पुर्वाधारमा केन्द्रित छौँ । सडक पुग्न बाकी दुई वडामा पुर्याउनका लागि सडक ट्रयाक खुलाउने योजना रहेको छ । यसरी निर्माण भएका सडकहरुको स्तरउन्नति पनि गर्दैछौं ।
वडा नम्बर १ को चिउरीतिर जाने टोलमा एक करोडको,पाली जुरेली जोडने सडक एक करोड, वडा नम्बर १३ जाने सडक सम्मको औवल गुप्त देखि फन्दा गेउ सिउना सम्म जाने सडक एक करोड,स्तर उन्नतिको लागि हामीले काम निरन्तर गरि राखेका छौ । त्यस्तै कालिमाटी देखि ४,५,६,नेक लेक सम्म जोडने सडक त्यहाँ पनि एक करोड,स्तर उन्नति को काम अगाडि बढी रहेको छ ।

६.यहाँको नगरपालिकालाई स्थानीय उपनिर्वाचन लागेको छ,तयारी के कस्तो छ?
-हाम्रो नगरपालिकाकी उपमेयर सरिता सिंह जीको गत सालको भुकुम्पमा परि निधन भएको थियोे । यही मंसिर २ गतेबाट दरखास्त दिने काम सुरु भएको छ । र ६ वटा राजनीतिक दलहरुले आ आफ्ना उम्मेदवार उठाएका छन र प्रचारमा लागेका छन ।