सहिद परिवारलाई सहकारीमा ५० हजारको शेयर ३ किस्तामा हस्तान्तरण गर्दैछौ : कृष्ण रेग्मी, अध्यक्ष-सिस्ने गाउँपालिका रुकुम पुर्व

अन्तर्वार्ता अन्य राजनीति समाचार

(रुकुम पुर्व, सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीसँग ‘६ प्रश्न’का लागि द वाकर प्रतिनिधि रचना राना मगरले गरेको कुराकानी)
चैत्र २५ सोमबार २०८१-
१.सिस्ने गाउँपालिकाको बिशेषता के छ?
-सिस्ने गाउँपालिकाको नाम सिस्ने हिमालबाट चाहिँ रहेको हो ।१८-१९ हजारको हाराहारीमा जनसंख्या भएको रुकुम पूर्वको सदरमुकाम रहेको गाउँपालिका र त्यसमा अधिकांश कृषिमा आधारित,जडिबुटी बजार क्षेत्र र शिक्षक सरकारी कर्मचारी नोकरी भएको आय स्रोत भएको गाउँपालिका हो भनेर चिन्न सकिन्छ । सिस्ने गाउँपालिकामा ८ वडा रहेको छन । साबिक सिस्ने गा•बी•स,प्वाङ गाबिस,स्यालापाखा गाबिस र शोभा गाबिस ८ वटा वडा समेलित नयाँ गाउँपालिका हो । त्यहाँको मुख्य आयस्रोत भनेको कृषि,जडिबुटी संकलन,वैदेशिक रोजगारी र ब्यापार ब्यबसाय रहेको छ ।

२.अहिले सम्मकै आफैलाइ लागेको उत्कृष्ट कार्य के भएको छ त?
-हामीले सुरुमै शिक्षा र स्वास्थ्यमा गुणस्तर कायम गर्नका लागि पहल गरेका थियौ । र हामीले शिक्षा क्षेत्रमा मुख्य प्राथमिकता दिएर बजेट तथा कार्यक्रम ल्याएका थियौ । गाउँपालिका भित्र रहेका ४१ वटा विद्यालयका प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता गरेर काम अगाडि बढाएका हौँ । प्रधानाध्यापकहरुले पनि शिक्षकहरुसँग कार्य सम्पादन सम्झौता गरेर शिक्षा क्षेत्रलाई लक्ष्य सहित गुणात्मक सुधार गर्ने कुरा भएको हो । त्यति मात्र नभएर संस्कृती र प्रबिधिमैत्री शिक्षा पनि अगाडि बढाएका छौ । हाम्रो सिस्नेको १-८ कक्षा सम्मको पाठय पुस्तक पनि तयार पारेका छौ । सिस्नेको संस्कृती, संस्कार, इतिहास, बलिदान, योगदान पहिचानसँग झल्किने खालको छ । हामीले प्रविधि र डिजिटलमैत्री पठन पाठन सुरुवात गरेका छौ । परिक्षा प्रणालीमा पनि मर्यादित गुणस्तर कायम गर्नको लागि हामीले केही कार्यक्रम अघि बढाएका छौ । यसै गरि तालिम तहगत र विषयगत ३०० शिक्षकहरुलाई तालिम दिएका छौँ । शिक्षा क्षेत्र सुधार नगरी अरु सुधार हुन्न भनेर हामीले अहिले ३ बर्ष भयो शिक्षा क्षेत्रमा लगानी पनि बढाएका छौँ ।

३.तपाईं आफै युद्धबाट आएकोले सहिद परिवारका लागि के कस्ता काम गर्नु भएको छ?
-सामान्यतया सधै एक दुई वटा औपचारिक कार्यक्रम बाहेक सबै एउटा जिबिकोपार्जनसँग पनि जाेडेका छौ । हरेक वर्ष औपचारिक रूपमा कार्यक्रम गरेर सम्मान र एकदिन औपचारिक सरकारी कार्यक्रम गरेर सहिद सम्मान कार्यक्रम गर्दछौं । सहिद परिवारको सदस्यलाई एउटा शेयर दिइएको छ । उहाँ एउटा सहिद मात्र होइन द्वन्द पीडित पनि हो र राज्य पक्षबाट ज्यान दिनु भएका सबैलाई राज्यले समेटनु पर्छ भन्ने कार्यदिशा अनुसार ६६ ६७ जनाको परिवारलाई सहकारीमा करिब ५०००० दरले शेयर खरिद गर्ने भनेर किस्ता भुक्तानी गरि सकिएको छ । पहिलो किस्ता १६०००को दरले र बाँकि २ किस्ता सहिद परिवारलाई शेयर हस्तान्तरण गर्दैछौ । उहाँहरुले यो शेयर १ बर्ष सम्म चलाउन नपाउने त्यसपछी चलाउन सक्नु हुन्छ । सो प्रयोजनका लागि शेयर खरिद गरि राखेका छौँ ।

४.कृषि क्षेत्रमा के गर्नु भएको छ त ?
-यहाँको दैनिक जिबनयापन गर्ने कृषिलाई व्यावसायिक र पेशागत रूपमा विकसित गर्नका लागि लागेका छौँ । वडा वडामा केही क्षेत्रहरु जस्तोकी फलफूल क्षेत्र, बाख्रापालन क्षेत्र, मह उत्पादन क्षेत्र लगायत निर्माण गरेका छौँ । लागतमा आधारित अनुदानको पनि ब्यबस्था गरेका छौँ । बजार प्रबर्द्धन पनि गर्दै जाने छौँ ताकि कृषि उत्पादन बजार सम्म पुगोस र समृद्धि किसानको हातसम्म आओस भन्ने चाहन्छौं । यसरी हामीले योजना बनाएका छौँ । कृषि क्षेत्रमा केही समस्याहरु छन । जीवन निर्वाहमुखी कृषि प्रणालीलाई ब्यवसायिक रूपमा र पेशागत रूपमा बिकास गर्न केही समस्या छन् । तिनीहरुको बारेमा क्रमशः हामीले विशेष योजना बनाएर अघि बढी रहेका छौ भने पछि त्यसको परिणाम देखि सकेका छौँ । मह बाहिर पठाउन थालिएको छ, गेडागुडी फलफूल बजारसम्म आएको छ ।

५.पर्यटन र स्वास्थ्यमा के नयाँ गर्नु भएको छ?
-पर्यटनको क्षेत्रमा प्रबर्द्धन गर्ने भनेको छौँ । तेस्रो बर्ष सिस्ने राउन्ड सिस्ने पदमार्ग र पोखरा देखि रुकुमकोट भैरहवा देखि रुकुमकोट र रुकुमकोट देखि सिस्ने हिमाल को फेद हुँदै सिस्ने हिमाल राउन्ड हुँदै हामीले एउटा सर्किट निर्माण गर्ने भनेर डोक्युमेन्टहरु तयार गरि सकेका छौँ । पदमार्गको एक्सप्लोर पनि गरिसकेका छौँ । त्यहाँबाट शे-फाेक्सुन्डाे सम्म जानका लागि एउटा नयाँ राईडर ट्रेकिङको पनि योजना बनाएका छौँ ।
यिनै पर्यटन र सिस्ने गाउँपालिकामा रहेका देउराली गुफा, कमल दह, तातो पानी र नेटा सहिद पार्क लगाएत सानी भेरी र्यापटिङ प्रबर्द्धन गर्ने ढंगले काम गरि अगाडी बढी रहेका छौँ । पहिलो बर्ष प्राथमिकता शिक्षा, दोस्रो कृषि, तेस्रो पर्यटन प्रबर्द्धन कार्यक्रम सँगसँगै बिकासका पुर्वाधार कामहरुलाई निरन्तरता दिई राखेका छौँ । अघिल्लो बर्ष निर्माण भएका पुर्वाधारहरुलाई गुणस्तरीयता र दिगो रूपमा कायम गर्नको लागि अगाडी बढाइएको छ । त्यस्तै सडक स्तरोन्नतिका कामहरु पनि भएका छन । केही प्रशासनका भवनहरू, वडा कार्यलयहरु पनि निर्माण गर्न थालेका छौँ । पुर्वाधार सँगसँगै सु शासन क्षेत्रमा पनि काम गरिएको छ । यसैगरी ६ वटा क्षेत्रलाई प्राथमिकता दिएर काम गरेका छौँ ।
स्वास्थ्य क्षेत्रमा स्किल अफ कार्यक्रम गरेका थियौ । ग्रामीण स्वास्थ्य सुधार परियोजना लागू गरेर बाल मृत्युदर, मातृ मृत्युदर एकदम उच्च थियो सिस्ने पहिलो नै थियो लुम्बिनी प्रदेशको १०९ वटा पालिकामा टप ५ भित्र नै थियो । अहिले जिल्लामा मातृमृत्युदर यो साल अहिले शन्यू नै छ बाल मृत्युदरलाई कम गरेका छौँ तर रोक्न सकेका छैनौं । बालबिवाह भागी बिवाह मागी बिवाह यसबाट हुने मृत्युदरलाई कम गर्न विशेष योजना बनाएका छौँ । शिशु स्वास्थ्य, मातृ स्वास्थ्य, बाल स्वास्थ्य, सरुवा रोग र नसर्ने रोग विरुद्ध स्वास्थ्य सुधार योजना लागू गरेका थियौ त्यो ३ बर्ष भयो बाल मृत्युदर घटेको छ । मातृमृत्युदर शन्यू रहेको छ लुम्बिनी प्रदेशको सिस्ने गाउँपालिका पहिले टप ५ थियो भने १२ जिल्लामा अन्तिममा थियौ भने अहिले पाँचमा पुगेका छौँ । अहिले स्वास्थ्य गुणस्तर भएको छ ।

६.आगामी योजना के रहेका छन त?
-अबको २ बर्षमा कृषिमा व्यवसायीकरण र बजारीकरणमा जाने योजना छ । यो पुर्वाधारमा निरन्तरता दिने र शैक्षिक गुणस्तर कायम गर्ने र स्वास्थ्य गुणस्तर निर्माणमा निरन्तरता दिने कुरा छ । बाँकि प्राथमिक कृषि क्षेत्रको कामलाई अगाडि बढाउदै व्यवसाय बजार सम्म लैजानका लागि बजारीकरणको काम गर्नु पर्ने छ र भ्रष्टाचार विरुद्ध सु-शासनको कामलाई अगाडी बढाउनु पर्ने छ ।